एभरेष्ट महिला भलिबल लिगः कर्णालीको दोस्रो जित

पाेखरा | भदौ २१, २०८२

एभरेष्ट महिला भलिबल लिगः कर्णालीको दोस्रो जित

पोखरा:  एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ ।


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित ग¥यो । 


पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो । कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।


यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । 


आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच प्रतिस्पर्धा भइरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्